

-
कास्की । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उहाँलाई रु एक लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै ठूलो सफलता रजत पदक जितेको थियो । विद्यालयले हरेक वर्ष गण्डकी प्रदेशभित्रका प्रतिभाशाली युवालाई सम्मान गर्दै आएको छ । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा एक जनालाई रु एक लाखसहित पुरस्कृत गर्दै आएको छ ।
विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी सङ्क्रमित भएर पनि सगरमाथाको सफल आरोहण गर्नुभएका गोपाल श्रेष्ठलाई सम्मान गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यालयकी पूर्वछात्रा सुमिना गुरुङलाई रु ५० हजारसहित सम्मान गरिएको कार्यक्रम संयोजक किरण सापकोटाले जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, माघ १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



