

-
काठमाडौं : मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा उज्बेकिस्तानका एक २९ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएको छ । यद्यति, रुसी जाँच समितिले संदिग्धको नाम भने सार्वजनिक गरेको छैन । ती संदिग्धले आफुलाई युक्रेनी विशेष सेवाले भर्ती गरेको स्वीकारेका छन् । यद्यपि, त्यससँग सम्बन्धित सवुत भने उनले दिएका छैनन् । उनको जन्म सन् १९९५ मा उज्बेकिस्तानमा भएको विवरण भने खुलेको छ ।
रुसी अधिकारीहरुले भनेका छन्, ‘विकिरण, रासायनिक तथा जैविक सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार विहानै आवासीय ब्लक बाहिर थिए । एक इलेक्ट्रिक स्कुटरमा लुकाइराखिएको विष्फोटक उपकरणमा टाढाबाट विष्फोट गराइएको थियो ।’
बीबीसीले सुत्रको हवाला दिँदै युक्रेनको सुरक्षा सेवा एसबीयूले पहिल्यै हत्याको पछाडि आफ्नो हात रहेको भनी जिकिर गरेको समाचारमा उल्लेख गरेको छ । युक्रेनले ५४ वर्षीय किरिलोभ युद्ध अपराधमा संलग्न रहेको भनी आरोप लगाएको छ । रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार किरिलोभको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो शोक व्यक्त गरेका छन् ।
News Desk 0 response बिहिबार, पुस ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


