

-
संयुक्त राष्ट्रसङ्घले लुटपाट, कर्मचारी र औषधिको अभावले सिरियामा केही स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूलाई अहिले मानवीय सहायता पुर्याउन निकै गाह्रो भएको बताएका छन् ।
ठाउँठाउँमा संयुक्त राष्ट्रसङ्घका सहायता भण्डारणहरू लुटिएका, आक्रमणमा परेका, धम्कीका कारण कर्मचारी काममा जान छाडेका विज्ञप्तिमा उल्लेख छ । तर ठूला जोखिम र अभाव सहेरै भए पनि कतिपय ठाउँमा सेवा जारी राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उत्तर–पूर्वी सिरियामा स्वास्थ्य साझेदारहरूले २० वटाभन्दा धेरै मोबाइल मेडिकल युनिट सक्रिय पारेका छन् । यस्तै उत्तर–पश्चिममा ३० वटा मोबाइल मेडिकल टिमले आधारभूत स्वास्थ्य सेवा, खोप र मातृ हेरचाह प्रदान गरिरहेका छन् । यी टिमले विस्थापित मानिसहरूलाई खाना, पाल, जाडोको लुगा, स्वच्छता किट र नगदसहितका सहायता प्रदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी ९यूएनएचसीआर० ले हजारौं सिरियाली शरणार्थी लेबनानबाट मस्ना सीमा विन्दु र अन्य सीमा पार गरेर इदलिब, ग्रामीण दमास्कस, दमास्कस, दारा, अलेप्पो र अन्य ठाउँहरूमा फर्कन थालेका जनाएको छ । यस्तै टर्कीबाट पनि सिरियालीहरू आफ्नो देशमा फर्किएका छन् । शरणार्थीहरू स्वदेशमा फर्किन थालेसँगै थप सहायताको खाँचो बढेको छ ।
धेरै मानिसहरूसम्म पुग्न र पीडित समुदायहरूलाई सहयोग गर्न थप सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले माग गरेका छन् । यूएनएचसीआरका अनुसार १४ वर्षको सिरियाली द्वन्द्व र सङ्कटको समयमा १३ लाख जनाभन्दा धेरै सिरियाली घर छाडेर भाग्न बाध्य भएका थिए ।
News Desk 0 response शनिबार, मंसिर २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


