

-
दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
योलले लगाएको सैन्य कानुन छ घण्टाभित्रै संसदले खारेज गरिदिएको थियो । उनीविरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता भएको थियो । तर सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि उहाँ महाभियोग प्रस्तावबाट मुश्किलले बचेका थिए ।
राष्ट्रपति योलले आफ्नो कार्यकाल छोटो बनाउने तथा विदेश र आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि पीपीपी सदस्यहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताएका छन् । तर, संसदमा बहुमत प्राप्त विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गर्दै यसलाई दोस्रो ‘कु’ भनेको छ ।
मार्सल ल फिर्ता भइसकेपनि दशौं हजार मानिसहरु विरोध प्रदर्शनमा छन्, उनीहरुले राष्ट्रपति योललाई राजीनामा दिन वा महाभियोग लगाउन माग गरेका छन् । राष्ट्रपति योललाई मार्सल कानून लगाउन उस्काउने रक्षामन्त्री किम योङ–ह्युन ले राजिनामा दिइसकेका छन् भने हिजो प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । आन्तरिक मन्त्री ली स्याङ–मिनले पनि हिजो राजीनामा दिएका छन् ।
News Desk 0 response सोमवार, मंसिर २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



