

-
दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेकोमा विपक्षी दलका सबै एक सय ९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।
न्याशनल एसेम्बलीका सभामुखले प्रस्ताव अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका छन् । यस अघि सत्तारुढ दलका अरु सांसदले पनि महाभियोगको प्रस्तावमा मतदान गर्ने बताएकामा राष्ट्रपतिले माफी मागेपछि बैठक छाडेका थिए ।
हिजो राष्ट्रपति यूनले मार्शल ‘ल’ लागू गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका थिए । मार्शल कानुन लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए ।
महाभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगे पनि यूनलाई हटाउने प्रयास जारी रहने उनीहरुले बताएका छन् । मङ्गलवार राति राष्ट्रपतिले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि उनले महाभियोगको सामना गर्नुपरेको हो ।
मतदानमा प्रस्ताव विफल रहेपछि प्रतिक्रिया दिँदै दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ । तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि सुव्यवस्थित र जिम्मेवार उपाय खोज्ने प्रतिक्रिया दिएको छ ।
News Desk 0 response आइतवार, मंसिर २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


