

-
कास्की । पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जीत गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ ।
बगर भाइ खलकको आयोजनामा यही माघ ६ गतेदेखि शुरु प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा टी बर्गरले घरेलु टोली एबिसी भेट्रान्स पोखरालाई २–१ गोल अन्तरले पराजित गरी उपाधिसहित रु एक लाख ११ हजार १११, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भयो ।
उपविजेता बनेको एबिसीले रु ५५ हजार ५५५ मा चित्त बुझायो । टी बर्गरका लागि दुवै गोल जियाराम भुजेलले गर्नुभएको थियो । खेलको ‘म्यान अफ दी म्याच’ बन्नुभएका भुजेलले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्नुभयो भने एविसिका विजय गुरुङले दोस्रो हाफमा एक गोल फर्काउनुभयो ।
टी बर्गरका नरेन्द्र लिम्बू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु १० हजार तथा ट्रफी प्राप्त गर्नुभयो । उत्कृष्ट गोलकिपर एविसिका रविन शाही, मिडफिल्डर टी बर्गरमा टियाराम भुजेल, डिफेन्डर एबिसीका विश्वलाल श्रेष्ठ तथा फरवार्ड टी बर्गरका शुक्र तामाङ घोषित हुँदै जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशसभा सदस्य एवं सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, वडाध्यक्ष, आयोजक संस्थाका पदाधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा देशका विभिन्न नौ जिल्ला र भारतका दुई टोली गरी २८ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । अग्रज खेलाडीको सम्मान, समकालीनलाई व्यायाम र नयाँ पिँढीलाई खेलकूद र स्वास्थ्यप्रति जागरुक बनाउँदै ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०६८ देखि निरन्तर खलकले प्रतियोगिता प्रतियोगिता गर्दै आएको छ । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



