

-
इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ ।
इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौताको नजिक पुगेको तर अझै पूर्ण विश्वस्त भने नरहेको बताएका छन् । लेबनानको दीर्घकालीन सहयोगी मानिएका अमेरिका र फ्रान्सले युद्धविरामको लागि लामो समयदेखि प्रयास गरिरहेका छन् ।
युद्धविराम र यसको अनुगमन गर्न अमेरिकाको अध्यक्षतामा पाँच–देशीय समिति गठन भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैद्धान्तिक रूपमा सम्झौतामा सहमत भएको खबरमा उल्लेख छ । लेबनानी संसदका उपसभामुख इलियास बो साबले पनि युद्धविराममा कुनै गम्भीर अवरोधहरू नरहेका बताएका छन् ।
अस्ति आइतवारको पछिल्लो विवरण अनुसार लेबनानबाट इजरायलमा झण्डै दुई सय ५० वटा क्षेप्यास्त्र प्रक्षेपण भएका थिए । धेरैजसो इजरायलले रोकेको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


