

-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र नभई मध्यम दुरीको भएको दाबी गरेका छन् । युक्रेनको निप्रो शहरमा हिजो गरेको आक्रमणबारे जवाफ दिँदै पुटिनले साढे दुईदेखि तीन किलोमिटर प्रति सेकेण्डको गतिमा चल्ने मध्ययम दुरीको अस्त्र भएको बताएका बीबीसीले जनाएको छ । यो नयाँ परिक्षण नभई परम्परागत अस्त्र रहेको पनि पुटिनको दाबी छ ।
यसअघि युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको आरोप लगाएका थिए । तर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यो अस्त्र नयाँ डिजाइन गरिएको र आणविक हतियार बोक्न सक्षम रहेको बताएको बीबीसीले जनाएको छ । उनले यो अस्त्रको चेतावनी अमेरिकासहित युक्रेनका सहयोगीहरुले बुझेको उनको भनाइ छ ।
रुसी राष्ट्रपती पुटिनले युक्रेनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । यसैबीच उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) ले रुसले लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्दैमा युक्रेनलाई गर्ने सहयोग परिवर्तन नहुने बताएको छ । नाटोका प्रवक्ता फराह दखलाल्लाहले रुसको चेतावनीकै कारण युक्रेनका सहयोगीहरू पछि नहट्ने बताएका बीबीसीले जनाएको छ ।
यस्तै बेलायतका विदेश सचिव डेभिड लाम्मी र फ्रान्सका विदेश सचिव जीन–नोएल ब्यारोटले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर युक्रेनमा दीगो शान्ति स्थापना गर्न सबै किसिमका सहयोग गर्न तयार रहेको बताएका छन् ।
यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट युद्ध खतरनाक अवस्थामा पुगेको भन्दै आफूहरु नाटो र रुसी टकरावबाट जोगिनुपर्ने बताएका बीबीसीले जनाएको छ । यसैबीच रुसी आक्रमणको जोखिम भन्दै युक्रेनले आजको संसद् बैठक स्थगित गरेको छ ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


