• काठमाडौं : भारतको उत्तरप्रदेशमा बस र ट्रक एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

    मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।

    दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएको थियो ।

    घाइतेहरुलाई जेबरस्थित कैलाश अस्पतालमा भर्ना गरिएको छ ।