

-
न्यूयोर्क : अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ । यसैबिच चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठुलो र्याली गरेका छन् ।
र्यालीमा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्याए । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए ।
ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए । आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए ।
अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् । उनले र्यालीमा उपस्थित भीडलाई ‘के तपाईं विपक्षमा हुनुहुन्छ ?’ भनेर सोधेका थिए, जसमा भीडले ‘होइन’ भनेर नारा लगाएका थिए।
News Desk 0 response सोमवार, कार्तिक १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


