

-
इजरायली सेना पर्खाल भत्काएरै लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) को क्षेत्रमा प्रवेश गरेको छ । दुई वटा इजरायली ट्याङ्कले दक्षिणी लेबनानमा आफ्नो मुख्य गेट नष्ट गरेर बलपूर्वक प्रवेश गरेको युनिफिलले जनाएको छ ।
यसअघि इजरायली सेनाले गोली चलाउँदा शान्ति मिसनका ५ जना सेना घाइते भएपछि ४० वटा देशले आपत्ति जनाएका थिए । तर आपत्तिलाई बेवास्ता गर्दै इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा घुसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति मिसनका सैनिकलाई तुरुन्तै दक्षिणी लेबनानबाट अन्तै सार्न चेतावनी दिनुभएको थियो । शान्ति मिसनमा खटिएका सैनिकले हिजबुल्लाहको रक्षा गरेको इजायलको जिकिर छ ।
युनिफिलका अनुसार यो उल्लङ्घन संयुक्त राष्ट्रसङ्घीय सेना र स्थानहरुविरुद्ध इजरायली उल्लङ्घनको सबैभन्दा ठूलो हिस्सा हो । आज बिहान पनि इजरायली सेनाले पड्काएको बारुदको धुँवाका कारण केही शान्ति सैनिकको उपचार भइरहेको छ ।
यस्तै संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले इजरायली रक्षा बल (आईडीएफ) का सैनिकहरूले मेस अल–जबलको दक्षिणपूर्वी गाउँ नजिकै आफ्नो खाद्यान्न ढुवानीलाई पनि रोकिदिएको जनाएको छ ।
शान्ति सैनिकमाथि जानबुझेर गरिएको कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानून र सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन हो । इजरायलले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घनले गर्दा अमेरिका र बेलायतले कुनै प्रतिक्रिया दिएका छैनन् ।
फ्रान्स, स्पेन, भारत, चीन लगायतका देशले भने विरोध गरेका छन् । हिजबुल्लाहलाई नष्ट गर्ने भन्दै इजरायली सेनाले दुई हप्तादेखि लेबनानमा ठूला हमला गरिरहेको छ । जसमा ५ हजार जना भन्दा धेरैको मृत्यु भएको छ ।
News Desk 0 response सोमवार, अशोज २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


