

-
बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ४ मा पर्ने विभिन्न टोलमा माघ २८ र २९ गते रेल विभागबाट खटिएको टोली एकाएक पुग्यो ।
नयाँमिल, शिवचोक, देवीस्थान, दश नम्बर चोक आदिको दायाँबायाँ नापजाँच गर्ने, घरको छतमा पुगेर हेर्ने, कतै चिन्ह लगाउने काम रेल विभागका कर्मचारीले धमाधम गरे ।
दुई दिनसम्म साँझ बिहान नभनी ती कर्मचारी निकै खटे । रेल लैजानका लागि भन्दै पिल्लर गाड्ने, रुख र बिजुलीको पोलमा सङ्केत पनि लेखे ।
अनि गाडिएका पिल्लरमा आरडब्लूबीएम, रूख र बिजुलीको पोलमा आरएनआर १, आर २ सङ्केत लेखे ।
यसरी एकाएक आफ्नो घरलाई क्षति पुग्ने गरी रेलमार्गको सङ्केत खेलिएपछि नयाँमिलकी आशा भण्डारी आत्तिइन् ।
विदेशमा भएका श्रीमान्लाई फोन गरेर रेल विभागको टोलीले नापजाँच गरेको बताइन् । आत्तिने भण्डारीसहित तिलोत्तमा नगरपालिका धेरै थिए ।
सुरुमा बुटवलमा डीपीआर भएको रेलमार्गबुटवल छाडेर तिलोत्तमा जाने हल्लापछि स्थानीयहरू सशङ्कित बने ।
सशङ्कित बनेको २ गते स्थानीयबासीले तिलोत्तमा नगरपालिकाबाट रेल लैजान नमिल्ने भन्दै सङ्र्घष समिति गठन गरे ।
सङ्घर्ष समितिले अहिले तिलोत्तमा नगरपालिकको बस्ती मास्नेगरी रेल मार्ग बनाउने काम रोक्न जोडतोडले लागेको छ ।
समितिका सदस्य सचिव माधव देवकोटाले रेल तिलोत्तमा आउन नदिनका लागि दौडधूप गरेको बताए ।
तिलोत्तमाबाट रेल लैजाँदा बस्तीमा ठूलो क्षति हुने भएको रोक्नका लागि समितिले विभिन्न ठाउँमा ज्ञापनपत्र बुझाउनेदेखि राजनीतिक लबिङसमेत जारी राखेका छन् ।
उनीहरूले यसका लागि नगरपालिकाका स्थानीय नेताले बालकृष्ण खाँणलाई रोक्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।
अब एमालेका नेता विष्णु पौड्याललाई पनि भेट्ने तयारीका रहेको छ ।
उनले भने ‘रेल यहाँबाट नै लगेमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौँ, पुरानो डीपीआर भएको ठाउँबाट लैजानुपर्छ, यहाँबाट हँुदैन ।’
तिलोत्तमा नगरपालिको पहलमा रेल विभागले लगाएको चिन्ह मेट्ने, पिल्लर हटाउने काम भयो । नगरपालिकाले पनि स्थानीयबासीलाई साथ दिँदै रेल विभागले गरेको कामलाई अवरोध गर्नपुग्यो ।
आफूलाई जानकारी नदिई नापजाँच गरेको र पुरानो डीपीआर गरेको बुटवलबाटै रेलमार्ग निमार्ण गर्नुपर्ने तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले बताए । उनले भने– ‘पहिला बुटवलमाबाटै डीपीआर आएको हो । त्यहाँ विरोध भएको कारण देखाउने फेरि तिलोत्तमा ल्याउनु उपयुक्त हुँदैन् ।’
शरद खतिवडा 0 response मङ्लबार, फाल्गुन २२, २०७४

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला नाकामा बढ्यो चाप, थप जनशक्ति पठाउने तयारी
बिहिबार, भदौ १८, २०८३-
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३
-
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३



