

-
काठमाडौं ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेल कार्वाहीमा पर्ने भएका छन् । नेपाल बिद्यार्थी संघका एक नेतालाई प्रयोग गरेर व्यवसायीमार्फत उठाएको रकम पोखरेलको खातामा देखिएपछि उनीमाथि छानविन भईरहेको थियो । उनलाई केन्द्रीय कार्यालय झिकाएर कार्वाही गर्न लागिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यसका लागि आवश्यक फाईल गृहमन्त्रालय पुगिसेकेको छ ।उनले परिचालन गरेका अन्य घुमुवाहरुलाई प्रहरी प्रधान कार्यालयले झिकाएर सोधपुछ गरिरहेको छ ।
तराईमा घुमुवा र बिचौलियामार्फत तस्करीको लाइन खुलाएर अकुत आर्जन गरेको भेटिएपछि उनीमाथि छानविन अघि बढेको हो ।
डिआइजी पोखरेलले आफ्नो बैंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएपछि अन्यलाई सचेत गराउँदै आइजिपी बसन्त कुँवरले सार्वजनिक रुपमै सुध्रिन अन्य प्रहरीलाई चेतावनी दिएका थिए । डिआइजी पोखरेलको खातामा पैसा हाल्ने जनकपुरका बिचौलिया जितेन्द्र कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।नेविसंघका कार्यकर्ता समेत रहेका कर्णले डिआइजीको नाममा तस्करहरुसँग पैसा उठाउने र बुझाउने गर्दथे । यद्यपी डिआइजी पोखरेलले भने आफ्नो खातामा आएको रकम घुसको नभई छोरालाई विदेश पठाउन सापट मागेको दाबी गरेका छन् ।
केही समयअघि नै उनलाई पक्राउ गर्न खोजिएपनि स्थानीयले अवरोध गरेका थिए । पोखरेलले विभिन्न नाकामा घुमुवा राखेर पैसा उठाएको समेत पुष्टि भएको छ । उनले खटाएका घुमुवाहरू सई चन्द्रप्रसाद यादब, असई उपेन्द्र प्रसाद यादब, वरिष्ठ हवल्दार निरज कुमार साह, हवल्दार बच्चेलाल यादब, बृजेश मुखिया, शैलेन्द्रप्रसाद कुर्मी, सहायक हवल्दार अशोक कुमार यादब, ईश्वर अच्छामी, मुकुन्द शर्मा र जवान सतेशलाल कायस्थलाई उजुरी छानविन शाखाले गणमा राखेर छानविन गरिरहेको छ । उनीहरु डिआइजीको घुमुवाका रुपमा विभिन्न कार्यालयमा खटाइएका थिए ।
सई चन्द्रप्रसाद यादब, धनुषाको प्रहरी चौकी दुहबी तथा असई उपेन्द्र प्रसाद यादब सप्तरीको प्रहरी चौकी मोहवामा कार्यरत थिए । वरिष्ठ हवल्दार निरज कुमार साह जिप्रका धनुषा, हवल्दार बच्चेलाल यादब, जिप्रका बारा, बृजेश मुखिया इप्रका बालाङखा, शैलेन्द्रप्रसाद कुर्मी इप्रका निजगढ, सहायक हवल्दार अशोक कुमार यादब प्रहरी चौकी जनकपुरधाम, ईश्वर अच्छामी, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर, मुकुन्द शर्मा प्रहरी चौकी कपिलेश्वर धनुषा र जवान सतेशलाल कायस्थ जिप्रका धनुषामा कार्यरत थिए ।
पोखरेलमाथिको छानविन प्रतिवेदन गृहमा बुझाईएपछि उनललाई काठमाडौं तान्ने निर्णय गर्न लागिएको गृहस्रोतले जानकारी दियो ।
News Desk 0 response मङ्लबार, भदौ २५, २०८१

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



