

-
रुसी सेना युक्रेनको अन्त्यन्तै महत्त्वपूर्ण शहर पोक्रोभस्क नजिकै पुगेका छन् । गएराति रुसी सेनाले पोक्रोभस्कबाट नौ किलोमिटर दूरीमा रहेको नोभोह्रोडिभ्का शहर कब्जा गरेको बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी युक्रेनको निकै महत्त्वपूर्ण शहर पोक्रोभस्क कब्जा गर्नका लागि रुसले एक महिनादेखि सङ्घर्ष गर्दै आएको छ । युक्रेनी सेनाले एक रिपोर्टमा पोक्रोभस्क क्षेत्रमा स्थिति तनावपूर्ण रहेको र नोभोह्रोडिभ्कासहित धेरै शहरको वरिपरि ठूलो लडाइँ भएको बताएको छ । रुसले शहर कब्जा गर्ने सङ्केत पाएपछि युक्रेनले पोक्रोभस्कबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।
दुई महिनाअघि ४८ हजार जना मानिस बस्ने शहर अहिले सुनसान हुन थालेको छ । बैंक, पसल, सुपरमार्केट, सरकारी कार्यालय सबै बन्द छन् । पोक्रोभस्क शहर युक्रेनी सेनाका लागि बन्दोबस्तीको भण्डार, मुख्य राजमार्ग र रेलमार्गसहितको महत्त्वपूर्ण शहर हो । यदि पोक्रोभस्क शहर रुसले कब्जा गरेमा युक्रेनले पूर्वी क्षेत्रमा एउटा महत्त्वपूर्ण यातायात केन्द्र गुमाउनेछ र रुस थप बलियो अवस्थामा पुग्नेछ । यो शहर गुमाएमा युक्रेनले आफ्नो पूर्वी भाग डोनेत्स्क रुसलाई सुम्पिएसरह हुने खबरमा उल्लेख छ । रुसले डोनेत्स्क क्षेत्र कब्जालाई प्राथमिकतामा राखेको छ ।
सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालेको रुसले युक्रेनको पाँच भागको एक भाग कब्जा गरिसकेको छ । अघिल्लो महिना युक्रेनले आश्चर्यजनक रूपमा रुसको कुर्स्क क्षेत्रमा हमला गरेर केही भाग कब्जा गरेको थियो । युक्रेनले रुसी भाग कब्जा गरेको खुशी मनाइरहँदा रुसले भने चलाखीपूर्वक पोक्रोभस्क शहर कब्जा गर्न लागेको हो ।
News Desk 0 response सोमवार, भदौ २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि..
बुधबार, कार्तिक २६, २०८३ -
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी..
बुधबार, कार्तिक २६, २०८३ -
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला
बुधबार, कार्तिक २६, २०८३ -
आज भाइटीका : टीका लगाइदिने पूर्व र..
बुधबार, कार्तिक २६, २०८३ -
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


