

-
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा मृत फेला परेका ६ जना बन्धकहरूलाई फिर्ता गर्न असफल भएकोमा माफी मागेका छन् । विद्रोही समूह हमासको नियन्त्रणमा रहेका सबैलाई रिहाइका लागि पहल गर्न र दबाब दिन भन्दै देशभर आन्दोलन र विरोध प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।
उनले युद्धविरामका लागि प्रयास गरिरहेको तर युद्धविराम गर्न ढिला भइरहेकामा अरु बन्धकहरुको पनि आफन्तलाई शव पठाइदिने भन्दै हमासले चेतावनी दिएको बताए । बेलायतले उपकरण तथा हातहतियार जथाभावी प्रयोग भइरहेकाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जोखिमलाई ध्यानमा राखेर इजरायललाई केही हतियार बिक्री गर्न बन्द गरेको थियो ।
यस कदमले पनि इजरायललाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना भएको मानिन्छ । तर इजरायलका प्रधानमन्त्रीले गाजाको एक क्षेत्र सेनाको नियन्त्रणमा रहनुपर्ने अडान राखेकाले हमाससँगको पटकपटकको वार्ता असफल हुँदै आएको छ ।
यही क्रममा गएको अक्टोबरदेखि शुरू भएको युद्धका क्रममा बन्धक बनाइएकालाई फिर्ता गर्न सरकारले आवश्यक पहल नगरेको भन्दै आफन्त लगायतले देशव्यापी विरोध प्रदर्शन चर्काएका छन् ।
News Desk 0 response मङ्लबार, भदौ १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


