• कैलाली : कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–९ वनदेवी टोल बस्ने माया विकको पाँच वर्षीय छोरा अरुण रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीका अनुसार बालकलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएका र उपचारका क्रममा राति २ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    त्यसैगरी गएराति नै सर्पले डसेर कैलालीको गोदावरी नगरपालिका–६ लालपुरका सागर विष्ट बिरामी भएका छन् ।