

-
काठमाडौं : मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेश्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रीपरिषदको बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरेर भुक्तानी गर्ने सुविधा दिने निर्णय गरेको छ । यससँगै, एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय सरकारले गरेको छ ।
यसैगरी, मन्त्रि परिषदको बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित सांसद विन्दबासिनी कंसाकारको उपचारमा खर्च भएको रकम मध्ये फैसला बमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
मन्त्री परिषदको बैठकले चलचित्र विकास बोर्डको रिक्त अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसका साथै, उक्त बैठकले तराई मधेश फास्ट ट्रयाक सडक आयोजनाको लाग अधिग्रहण गर्न बाँकी जग्गामा मुआव्जामा लाग्ने पूजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी, प्रवक्ता गुरूङले संखुवासभाको खाँदवारी नगरमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने गरी स्थान तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
News Desk 0 response आइतवार, भदौ १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



