

-
युक्रेनले रुसको राजधानी मस्कोसहितका शहरमा ठूलो सङ्ख्यामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ उडिरहेका कम्तीमा पाँच वटा ड्रोन नष्ट पारिएको बताउनुभएको छ । यस्तै स्थानीय अधिकारीहरूले ब्रान्स र वोरोनेज क्षेत्रमा उडिरहेका ४० वटा ड्रोन नष्ट पारेको दाबी गरेका बीबीसी हिन्दीले जनाएको छ ।
युक्रेनको अन्धाधुन्ध आक्रमणको बाबजुद निकै कम क्षति बेहोरेको रुसको दाबी छ । दुई वटा इन्धन स्टेशन र एउटा भवनमा मात्र क्षति पुगेको रुसी सरकारी अधिकारीहरूको भनाइ छ । तर रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा कहिल्यै सही जानकारी नदिएको आरोप लाग्दै आएको छ ।
पछिल्लो समय युक्रेनले रुसमाथिको आक्रमण बढाएको छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गरेको छ । तर रुसले पनि युक्रेनमा आक्रमण तीव्र बनाएको छ । युक्रेनको बारम्बारको अनुरोधपछि अमेरिका र नाटोबाट एफ–१६ प्राप्त गरेको थियो । तर रुसविरुद्ध प्रयोग भएको पहिलो दिनमै एउटा एफ–१६ विमान रुसले खसालिदिएको छ ।
यसैबीच युक्रेनले रुसको कुर्स्क क्षेत्र कब्जा गरेको भनेर रमाइरहँदा रुसले युक्रेनको मुख्य शहर पोक्रोभस्क कब्जा गर्ने सम्भावना बढेको छ । रुसी सेनाहरू युक्रेनको रणनीतिक शहर पोक्रोभस्क नजिकै पुगेका बीबीसीको खबरमा उल्लेख छ । यो शहर युक्रेनी सेनाको बन्दोबस्तीका लागि तथा प्रमुख रेल्वे स्टेशन र प्रमुख सडकहरूका लागि निकै महत्त्वपूर्ण छ ।
युक्रेनले पोक्रोभस्क शहर जोगाउन ध्यान केन्द्रित गर्नुपर्नेमा कुर्स्कमा सेना पठाएर गल्ती गरिरहेको भन्दै युक्रेनभित्रै राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आलोचना भइरहेको छ । युक्रेनको सशस्त्र सेनाका प्रमुख जनरल ओलेक्जेन्डर सिरस्कीले रुसले आफूसँग भएका हतियार अन्धाधुन्ध प्रयोग गरिरहेको बताउनुभएको छ ।
यस्तै राष्ट्रपति जेलेन्स्कीले अवस्था अत्यन्तै कठिन भएको स्वीकार गर्नुभएको छ । सैन्य विशेषज्ञ मिखाइलो जिरोखोभले युक्रेनले पोक्रोभस्क गुमाएमा सम्पूर्ण अग्रपङ्क्ति ध्वस्त हुने चेतावनी दिनुभएको छ ।
News Desk 0 response आइतवार, भदौ १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


