

-
अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
नयाँ कानुनमा एउटा वयस्क महिला जरुरी कामले घर बाहिर जाँदा उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन भन्ने उल्लेख छ । पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
नयाँ कानूनले पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ । यस्तै वयस्क महिलाले गैरपुरुषका शरीर र अनुहार हेर्न पाइदैन । अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालयले देशमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ ।
अफगानिस्तानको नैतिक आचरणसम्बन्धी मन्त्रालय सदाचार प्रवर्द्धन र दुराचार नियन्त्रण मन्त्रालयको रूपमा चिनिने गरेको छ । तालिबानले सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्न नयाँ कानुन ल्याएको दाबी गरेको छ । तर संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू भन्दै निन्दा गरेको छ
शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिदेखि नै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ । ती नियमहरुको पालना नगर्ने हजारौँ मानिसलाई पक्राउ गरिएको पनि मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


