

-
स्वदेश फर्कने आशामा यसअघि पोल्यान्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्यान्डका विद्यालयमा भर्ना गरिने भएको छ । नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय दुई वर्षदेखि विद्यालय गएका छैनन् । कतिपयले पहिलो पटक विद्यालय भर्ना हुन लागेका हुन् ।
पोल्यान्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागू हुने भएपछि यसअघि विद्यालय नगई बसेका झन्डै ८० हजार जना विद्यार्थी भर्ना हुने अपेक्षा गरेको पोल्यान्डका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
सन् २०२२ मा रुसी आक्रमणको शुरुआतमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले पोल्यान्डमा विद्यालयहरूमा युक्रेनी उच्चरण सुनेर हाँस्ने भएकाले छोरीलाई विद्यालय पठाउन नसकेको बताउनुभएको एएफपीले जनाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको केही हप्तापछि पोल्यान्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो । अहिले झन्डै एक लाख ३४ हजार जना बालबालिका पोल्यान्डमा विद्यालयमा पढ्ने र झन्डै ८० हजार जना विद्यालयबाहिर रहेका पोल्यान्डको अनुमान छ । धेरै युक्रेनीहरू घर फर्कने आशामा रहेका पनि एएफपीको खबरमा उल्लेख छ ।
News Desk 0 response बुधबार, भदौ १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


