

-
काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ‘ग्राउन्डेड’ हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाण्डौ, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन् ।
न्यारोबडी ‘सगरमाथा’ मार्फत एक सय ५६ जना यात्रु लिएर काठमाण्डौबाट हङकङ उड्ने जहाज ग्राउन्डेड भएपछि यात्रुलाई दिनभर र्याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायु सेवाको टिकट किनेर गन्तव्यमा पठाउने व्यवस्था मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले विदेशमा अलपत्र पर्ने यात्रुलाई अन्तर्राष्ट्रिय नियमअनुसार पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले व्यवस्था गरेको उल्लेख गरे । उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमाएको छ ।
निगमका प्रवक्ता पौडेलका अनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुईरदुई वटा रहेका छन् । तर एउटा वाइडबडी ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । उनले अर्को वाइडबडी सी–चेककै लागि आज बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिए । यस्तै आन्तरिकतर्फ निगमको दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ ।
चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ ।
News Desk 0 response बुधबार, भदौ १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



