

-
काठमाडौं : आज दिउँसो देशका केही ठाउँमा भारी बर्षा भएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीको कुसुमटारमा ६२ मिलिमिटर वर्षा भएको छ । यस्तै सोलुखुम्बुको पेकनास, धादिङको गजुरी, पर्वतको पन्चासे, दैलेखलगायतका ठाउँमा पनि अति ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धादिङको गजुरी र काभ्रेको पाँचखालमा पछिल्लो एक घण्टामै २३ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । धादिङको गजुरीमा राजमार्ग आसपास ठूलो पानी परेकोले यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर धादिङको गजुरी आसपास त्रिशूली नदी, सिन्धुलीको मरिणखोला र आसपास, गोरखाको बारपाक र आसपास, काठमाण्डौ उपत्यकाको बाग्मती र बाग्मतीका अरू सहायक नदी, चितवनको शक्तिखोर र आसपासलगायतका क्षेत्रका साना ठूला नदीहरूमा बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा अति ठूलो वर्षा गराइरहेको प्रणाली रातिसम्म नै सक्रिय रहन सक्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उनले बताए ।
भारतको गुजरात आसपास न्यून चापीय क्षेत्र बनेको छ । बङ्गालको खाडीको उत्तरी कुना झारखण्डमा एउटा र गुजरात आसपास अर्को न्यून चापीय क्षेत्र बनेको र त्यहाँबाट जलवाष्पयुक्त हावा यहाँ आइरहेको मौसमविद् झाले बताए । यसले भोलि पनि केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
भारतीय मौसम विज्ञान विभागले भारतका गुजरात, गोवा र महाराष्ट्रमा आउँदो बिहीवारसम्म वर्षा हुने सम्भावना रहेको बताएको छ । त्यसको सिधा असर नभए पनि नेपालमा थप वर्षा गराउन सहयोगी हुने मौसमविद् झाले बताए ।
News Desk 0 response सोमवार, भदौ १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३


