

-
काठमाडौं : अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाएकी छिन् ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै ५ सय ४० मिलियन डलर अर्थात् ५४ करोड डलर सहयोग वा चन्दा उठाउन सफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ । नेपालीमा यो रकम ७२ अर्ब रुपैयाँ भन्दा धेरै हुन आउँछ ।
गएको हप्ता भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको समयमा मात्रै ८२ मिलियन डलर चन्दा उठेको थियो । चन्दाको वृद्धिले कमला ह्यारिसको उम्मेदवारीप्रति अमरिकी व्यापारी र नागरिकले उत्साह देखाएको सङ्केत मिलेको डेमोक्रेट नेताहरुले बताएका छन् ।
वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि उपराष्ट्रपति ह्यारिस जुलाई २१ मा राष्ट्रपति पदका उम्मेदवार बनेकी थिइन्। ह्यारिसको उम्मेदवारीले अर्का उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रक्षात्मक अवस्थामा राखेको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुँदैछ ।
News Desk 0 response सोमवार, भदौ १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


