

-
दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोर अब फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने जनाएको छ ।
नासाले बोइङ कम्पनीको स्टारलाइनर यानमार्फत सुनिता र बेरीलाई गएको जुन ५ तारिखमा अन्तरिक्षमा पठाएको थियो, उनीहरुलाई त्यही यानमार्फत आठ दिनमै पृथ्वीमा फर्काउने योजना भए पनि उपकरणमा खराबी आएपछि उतै रोकिएका छन् । अझै उनीहरु अझै ६ महिना अन्तरीक्षमै बस्नुपर्ने भएको छ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा लैजान र ल्याउनको लागि बोइङ र स्पेसएक्स कम्पनीलाई अर्बौं डलरको ठेक्का दिएको छ ।
त्यही ठेक्काअन्तर्गत सुनिता र बेरीलाई बोइङले अन्तरिक्षमा पठाएकोमा यानमा खराबी आएकाले उनीहरु उतै रोकिएका हुन् । उनीहरु अहिले नासाकै अन्तरीक्ष यानमा अरू वैज्ञानिकसँग बसिरहेका र पृथ्वीबाट खाना र अन्य सामग्री पठाइएको नासाले जनाएको छ । यसमा रुसी अन्तरिक्ष एजेन्सीले पनि सहयोग गरिरहेको छ ।
स्पेसएक्सले अहिलेसम्म नासाका लागि नौ वटा चालक दलका उडान अन्तरिक्षमा पठाएको छ, साथै केही व्यावसायिक मिशन पनि पठाएको छ । तर बोइङको चालक दलको मिशन भने पहिलो प्रयास थियो । पहिलो प्रयासमै बोइङको यानमा समस्या आएको हो ।
News Desk 0 response आइतवार, भदौ ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


