• काठमाडौं : अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

    आज बेलुकी पहाड सहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरूद्ध भएको हो । गए रातीदेखि परिरहेको पानीले देशका विभिन्न स्थानमा पहिरो जाँदा सडकखण्ड ठप्प भएका छन् ।