

-
काठमाडौं : नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको छ । गत वर्षको कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियो ।
टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारको मन्त्रीपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर अब भने सरकारले नै टिकटकमाथिको प्रतिबन्ध फुकाउने तयारी गरेको हो । तत्कालीन प्रचण्ड सरकारको क्याबिनेटले निर्णय गरेर बन्द गरेको टिकटक १० महिनापछि खुलाउने तयारी भएको हो ।
सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध फुकाउन लागेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले यसका लागि आवश्यक अध्ययन गर्न कर्मचारीलाई निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिबन्ध फुकाउन सहमति जनाउने छाँट देखाइसकेका छन् । जसपश्चात मन्त्रीले कर्मचारीहरुलाई अध्ययन र प्रक्रिया पुर्याएर टिप्पणी उठाउन निर्देशन दिएका हुन्।
टिकटकले पटकपटक आफूहरु नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको भन्दै परिपत्र गरेको थियो । यस लगत्तै नेपाल सरकारले टिकटक खुलाउने भएको हो।
केही दिनअघि, टिकटकले नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयलाई केही प्रतिबद्धतासहित पत्राचार गरेको थियो । टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पुरा गर्न तयार रहेको उल्लेख गरेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



