

-
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि दबाब दिन इजरायलमा पुगेका छन् ।
गएको वर्षको अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरू भएपछि ब्लिन्केन नवौं पटक इजरायल गएका हुन् । ब्लिन्केनको भ्रमणको केही दिनअघि अमेरिकाले इजरायल र हमासबीच शान्ति स्थापना गर्न संशोधित प्रस्ताव पेश गरेको थियो ।
गएको हप्ता कतारको दोहामा भएको वार्तामा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो । तर हमासले युद्धविराम सम्झौतालाई एउटा जालसाजी भनेको छ । हमासले इजरायली सेनालाई गाजा पट्टी पूर्णरूपमा त्याग्न माग गरिरहेको छ ।
अमेरिकाले आउँदो हप्ताभित्र इजरायल र हमासबीच शान्ति सम्झौता गर्ने अपेक्षा गरेको छ । तर इजरायल र हमास दुवैले कुनै सकारात्मक प्रतिक्रिया दिएका छैनन् । दुवै पक्षले एकअर्कालाई शान्ति सम्झौतामा बाधा पुर्याएको आरोप लगाइरहेका छन् ।
हिजो एक विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीमाथि युद्ध लम्ब्याउने सम्झौताका लागि नयाँ शर्त र मागहरू राखेको आरोप लगाएको थियो ।
News Desk 0 response सोमवार, भदौ ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


