

-
काठमाडौं : निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।
सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत पनि सहभागी हुनुहुन्थ्यो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगर वा गाउँपालिकाका मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष एवम् वडाअध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा उपचुनाव गर्ने उल्लेख छ । आयोगको तथ्याङ्क अनुसार नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी ३४ पद रिक्त छ ।
News Desk 0 response मङ्लबार, साउन २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



