

-
बङ्गलादेशको नयाँ प्रधानन्यायाधीशमा नियुक्त उच्च अदालतका सैयद रेफात अहमदले शपथ लिएका छन् । प्रधानन्यायाधीशमा नियुक्त अहमदलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आज पद तथा गोपनीयताको शपथ गराएका बीबीसीले जनाएको छ । यस्तै दुई जना सल्लाहकार सुप्रदीप चकमा र डा. विधान रञ्जन रायले पनि शपथ लिएका छन् ।
यसअघिकी प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएपछि हिजो राष्ट्रपति शहाबुद्दिनले अहमदलाई नियुक्त गरेका थिए ।
सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनका कारण पूर्वप्रधानमन्त्री देशबाट भागेर भारत पुगेयता बङ्गलादेशमा उच्च पदस्थ व्यक्तिहरूले राजीनामा दिने क्रम शुरू भएको छ । विद्यार्थीहरूको देशव्यापी प्रदर्शन र नयाँ अन्तरिम सरकार गठनपछि पनि विभिन्न विश्वविद्यालयका कुलपतिले राजीनामा दिइरहेको खबरमा उल्लेख छ ।
पछिल्लो पटक कोमिला विश्वविद्यालयका कुलपति प्रोफेसर डा. एएफएम अब्दुल मोइनले राजीनामा दिएका छन् । यसअघि बङ्गलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी शाहिदुल्लाहले राजीनामा दिएका थिए । यस्तै हिजो ढाका विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयका कुलपतिले राजीनामा दिएका थिए ।
News Desk 0 response आइतवार, साउन २७, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


