

-
काठमाडौं : नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो ।
‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्त्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज सङ्क्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्’ विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । ‘बङ्गलादेशमा विगत केही हप्तादेखि जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी अत्यन्त चिन्तित छौँ । हामी ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
बङ्गलादेशमा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमवार पदबाट राजीनामा दिँदै देश छोड्नुभएको छ । त्यहाँ नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया शुरु भएको छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनका कारण शेख हसिना नेतृत्वको सरकार ढलेको हो ।
News Desk 0 response बिहिबार, साउन २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



