

-
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भागेकी छिन् । देशमा प्रदर्शन चर्किँदै गएपछि उनले आज दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत पुगेकी हुन् । उनी भारत भागेपछि सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति उज्जामनले अन्तरिम सरकार गठन हुने घोषणा गरेका हुन् । उनले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आजै समाधान गर्ने बताएका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।
राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी शेख हसिना भारतको त्रिपुरा राज्य पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाई सँगै लिएर उनले देश छाडेकी हुन् । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा लुटपाटसमेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी जागिरको ठूलो सङ्ख्यामा कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो । यसअघि अघिल्लो हप्ता प्रदर्शन हिंसात्मक बनेर दुई सय जनाभन्दा धेरैको मृत्यु भएपछि बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएको छ । यसबाट विद्यार्थीहरूको माग पूरा भए पनि ज्यान गुमाउने, घाइते र पक्राउ परेकाहरूको न्यायका लागि भन्दै प्रदर्शन चलिरहेको थियो । सामान्य अवस्थामा रहेको प्रदर्शन हिजो पुन हिंसात्मक बन्दा ९६ जनाको ज्यान गएपछि आज विद्यार्थीसँगै मजदुरलगायतले पनि प्रदर्शन गरेका हुन् ।
विपक्षी दलहरूको बहिष्कारकाबीच गएको जनवरीमा भएको चुनावबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । बितेको १६ वर्षदेखि बङ्गलादेशको सत्तामा रहेकी शेख हसिना बङ्गलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकि थिइन् । सन् २००९ यता भने उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन् । सन् २००४ मा चुनावी अभियानका क्रममा बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् । घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।
शेख हसिनाका समर्थकहरू उनले बङ्गलादेशमा आवश्यक परेका बेला राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन् । तर विरोधीले भने हसिनाले निरङ्कुश शासन चलाइरहेकाले अहिलेको अवस्था आएको बताएका छन् ।
News Desk 0 response सोमवार, साउन २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


