• काठमाडौं : काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्।

    शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खानेरनखाने भनेर बुझ्न पुगेका थिए। तर लामो समयसम्म पनि ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर भएको थियो।

    घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।

    मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन्।

    प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।