

-
काठमाडौं : सरकारले त्रिशूली नदीमा हराएका दुई वटा बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने तयारी गरेको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार खोजीका लागि औपचारिक रूपमा चीन सरकारसँग आग्रह गर्ने तयारी भइरहेको छ ।
यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतसँग सहयोग मागेर टोली परिचालन गरिएको थियो । तर बस र ३८ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । भारतीय प्राविधिक टोली फर्किसकेको छ ।
गृह मन्त्रालयका सहसचिव एवम् विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा। भीष्म भुसालले नेपालमा रहेको चिनियाँ दूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र औपचारिक रूपमा पत्र नै पठाउने तयारी गरिएको जानकारी दिनुभयो ।
मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको सिमतालमा गएको असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा रहेका ६५ यात्रुमध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए । अहिलेसम्म २४ वटा शव फेला परेका छन् ।
News Desk 0 response बुधबार, साउन १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


