• काठमाडौं : अविरल वर्षाका कारण पहिरो खसेर कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ स्थित पाङ्दुर डोल र टाकुर्चेमा सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

    महालक्ष्मी नगरपालिका हुँदै काभ्रे जाने सडक पनि अवरुद्ध भएको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्ने खर्कमा पहिरो आएर सड्क अवरुद्ध भएको हो । महालक्ष्मी–१० स्थित सामुदायिक भवन नजिकै पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।