

-
अमेरिकी सङ्घीय सरकारको कुल सार्वजनिक ऋण पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागले हिजो सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार अमेरिकी सरकारको ऋण इतिहासमा पहिलो पटक ३५ ट्रिलियन डलर अर्थात् ३ सय ५० खर्ब डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सात महिनाअघि सन् २०२३ को डिसेम्बरमा अमेरिकी राष्ट्रिय ऋण ३ सय ४० अर्ब डलर पुगेको थियो । त्यसभन्दा तीन महिनाअघि सेप्टेम्बरमा पनि अमेरिकाको ऋण इतिहासमा पहिलो पटक ३ सय ३० खर्ब डलर पुगेको थियो । यसले अमेरिकी ऋण निकै तीव्र गतिमा बढिरहेको देखाएको छ ।
सङ्घीय बजेट समितिका अध्यक्ष माया म्याकगुइनेसले अहिलेको सरकारले ऋण लिने मात्रै काम गरेर लापरबाही गरिरहेको आरोप लगाउँदै अब खतराको घण्टी बज्ने जोखिम रहेको चेतावनी दिएका छन् । अमेरिकाले सामना गरिरहेको खतरामध्ये सार्वजनिक ऋण प्रमुख विषय बनिरहेको र यो बारेमा राष्ट्रपति र अन्य सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
पिटर जी पिटरसन फाउन्डेशनका अनुसार यो ऋण अमेरिकी जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति १ लाख ३ हजार नौ सय ४५ डलर हुन जान्छ । सरकार ऋणमा डुब्दै जाँदा सामाजिक सुरक्षाका कार्यक्रम प्रभावित हुने चिन्ता थपिएको पनि खबरमा उल्लेख छ ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानदाता तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वअधिकारी डेस्मन्ड लाचम्यानले अमेरिकी बजेट घाटा असह्य बाटोमा रहेकोमा कुनै शङ्का नभएको उल्लेख गरेका सिन्ह्वाले जनाएको छ ।
News Desk 0 response मङ्लबार, साउन १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


