• काठमाडौं : सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार १८ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो ।

    मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकको निर्णय अनुसार सुमनको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । यस्तै, नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी सदस्य रहेका छन् ।