

-
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विमानमा रहेका १९ जना सबै सौर्य एअरलाइन्सकै व्यवस्थापक, चालक दल तथा अन्य कर्मचारी रहेका सौर्य एअरलाइन्सले जनाएको छ । क्याप्टेन मनिषरत्न शाक्य एअरलाइन्सका अपरेशन प्रमुखसमेत हुनुहुन्छ । त्यस्तै चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा पनि विमानमा रहेका एअरलाइन्सले जनाएको छ । यस्तै सुशान्त कटुवाल को–पाइलट र बाँकी सबै यात्रु एअरलाइन्सकै कर्मचारी हुन् ।
विमानमा रहेका १९ जनामध्ये एक जना महिला र एक जना विदेशी नागरिक थिए । विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट एस कटुवालसहित अमिटमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश महर्जन र श्याम बिन्दुकार थिए। यस्तै विमानमा नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र अरिफ रेड रहेका सौर्य एअरलाइन्सले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान धावनमार्ग छाडेलगत्तै दुर्घटनामा परेको हो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर दुर्घटना भएको प्राधिकरणले जनाएको छ । घाइते क्याप्टेन शाक्यको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको र १८ वटा शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको प्रहरीले जनाएको छ । शवहरूको आजै पोस्टमार्टम शुरु गर्ने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रेशम लेखकलगायतले दुर्घटनास्थलमा पुगेर अवलोकन गरेका छन् ।
News Desk 0 response बुधबार, साउन ९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


