

-
काठमाडौं : बाढीपहिरो तथा अन्य कारणले देशभरका नौवटा सडकखण्ड अवरुद्ध भएका छन् । एक सय ५९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । सडक विभागको तथ्याङ्कअनुसार नौ वटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।
विभागकाअनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाग्लुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । ती सडकको विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । पूर्व पश्चिम मुख्य राजमार्गमा भने अहिलेसम्म कुनै अवरोध छैन । राजमार्गमा नियमितरुपमा गाडि चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवातजावत नगर्न आग्रह समेत छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । ठूलो पानी परेका क्षेत्र भएर बग्ने नदी खोलाको तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको छ ।
यस्तै मनसुनको यो बेलामा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
News Desk 0 response मङ्लबार, साउन ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


