

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । विश्वासको मत प्राप्त गर्न दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । उनलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह (स्वतन्त्र) एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।
नेकपा ९एमाले० ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।
News Desk 0 response आइतवार, साउन ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



