

-
काठमाडौं : शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज विशेषगरी बैकिङ्ग सेक्टर उचलिएको छ । यस दिन शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।
नेप्से २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख ११ गते नेप्से दुई हजार चार सय २० विन्दुमा नेप्से पुगेको थियो ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, बैंकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय १२ वटा कम्पनीका ३ करोड ९९ लाख कित्ता शेयर १५ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि २०७८ साल भदौ १३ गते १५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
News Desk 0 response बिहिबार, साउन ३, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



