

-
काठमाडौं : शेयर बजार आज दोहोरो अङ्कको गिरावट आएको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ विन्दुमा झरेको हो ।
आज जलविद्युत्, लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिभिल बैंकको डिबेन्चर २०८८ र मान्डु जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
बजार घटे पनि आज कारोबार रकम भने उल्लेख्य बढेर छ महिनायताकै उच्च भएको छ । आज तीन सय २२ वटा कम्पनीका दुई करोड ५० लाख कित्ता शेयर आठ अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ २ गते आठ अर्ब दुई करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
News Desk 0 response सोमवार, असार ३२, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



