

-
काठमाडौं : साताको पहिलो कारोबार दिन शेयरबजारमा हरियाली छाएको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको हो । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ सालको वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियो ।
आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज बलेफी हाइड्रोपावरको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।
News Desk 0 response आइतवार, असार ३१, २०८१

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



