

ओलीका बिरुद्ध लागेर बाम एकतामै भाँजो हाल्दै माओवादी
माओवादीसँग रुष्ट भएका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली काँगेसको सहकार्यमा प्रधानमन्त्री बन्ने तयारीमा पुगेका हुन् । यो अवस्थामा पनि सहजै मार्ग प्रशस्त नगरेर दाहाल ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने कसरतमा लाग्नु वामआन्दोलनका लागि पटक्कै सही होईन ।
-
नेकपा ( एमाले ) र नेपाली काँग्रेसबीच सत्ता साझेदारी गर्ने सहमति भईसकेको छ । नेपाली काँग्रेसले नै संबिधानको धारा ७६को २ अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार निर्माण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
तर, कम्युनिस्ट एकताको कुरा गर्ने नेकपा माओवादी केन्द्र भने यो बिषयमा भाँजो हाल्न लागिपरेको छ । तेस्रो दल भएर पनि काँग्रेस र एमालेलाई नचाएर प्रधानमन्त्री पद हत्याईरहेका पुष्पकमल दाहाल दाहाल केपी ओलीलाई रोक्न देशीबिदेशी शक्ति परिचालन गरिरहेका छन् । सर्वोच्चको व्याख्या बिपरित आफ्ना आसेपासेहरुलाई संबिधान धारा ७६ को उपधारा ३ आकर्षित हुन्छ भन्नु केपी ओलीलाई सत्तामा रोक्नु मात्र भएको बिश्लेषकहरु बताउँछन् ।
स्पष्टरुपमा माओवादी र त्यसको नेतृत्व सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेलाई चिढ्याउने काम गरिरहेको छ । आफू नेतृत्वको सरकार ढलेर एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने निश्चित जस्तै भए पनि प्रधानमन्त्री दाहाल सहज सत्ता हस्तान्तरण नगरी अड्को थापेर बस्नुले माओवादी र एमालेबीच अझै खाडल पर्ने निश्चित छ ।
यसले कम्युनिस्ट पार्टीबीच एकतालाई झन् चिढ्याउने स्पष्ट हो ।
कम्युनिस्ट पार्टीहरुबीचको एकता र ध्रुवीकरण गरेर राष्ट्रिय शक्ति बन्नुपर्ने कुराको वकालत सबैभन्दा बढी गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल हुन् । किनभने उनको दल क्रमश खिईदै गएको छ । तर, दाहाल संसद्मा रहेको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेसँग दुरी घटाउनेभन्दा पनि बढाउन सक्रिय देखिएका छन् । बोलीमा बाम एकताको कुरा गर्ने तर व्यवहारमा एमालेलाई चिढ्याउने रवैया एकताका लागि प्रत्युत्पादक हो । २०८४ सालको चुनावसम्ममा कार्यगत एकताको कुरा गरेर अघि जाने अवस्थामा दाहाल र उनका आसेपासेको रवैया पटक्कै मिल्दो छैन ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा तत्काल परिस्थिति बदलिए पनि केही समय पछि नै आफूहरूबीचको कार्यगत एकता र पार्टी एकताकै तहसम्मको प्रयासले निरन्तरता पाउने बताउँछन् । सायद ८४ अघि नै यी सब प्रकृया पूरा हुन पनि सक्छ । तर, आम जनताको मनोभावना तथा नेता कार्यकर्ताको चाहाना बिपरित केपी ओलीको बाटोमा तगारो राख्न खोज्नुले खाडल अझै बढ्ने निश्चित छ ।यदि सापकोटाले भनेजस्तै २०८४ सम्ममा एकता तर्फ जाने हो भने अहिले किन एमालेलाई चिढ्याइरहेको ? एमालेसँग मिलेर सरकार चलाइरहेका बेला प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको सरकारको नाममा फेरि कांग्रेससँग नजिकिए पछि अहिलेको राजनीतिक वातावरणको जग बसेको हो । माओवादीसँग रुष्ट भएका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली काँगेसको सहकार्यमा प्रधानमन्त्री बन्ने तयारीमा पुगेका हुन् । यो अवस्थामा पनि सहजै मार्ग प्रशस्त नगरेर दाहाल ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने कसरतमा लाग्नु वामआन्दोलनका लागि पटक्कै सही होईन ।
यसले उहाँको वाम एकताको चाहनामा धक्का पुग्ने निश्चित छ ।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहालसँग चिढिनुको मुख्य कारण नै हुँदाखाँदाको समीकरण भत्काएर कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न थाल्नु हो । एकताको कुरा गर्ने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले साँच्चिकै कम्युनिस्ट एकता चाहेको हो भने ओलीलाई सहज वातावरण बनाइदिनु आवश्यक थियो ।
प्रधानमन्त्री दाहालले साँच्चै वाम एकता चाहेको हो भने त्यसको सिद्धान्त र आवश्यकतामा प्रस्ट हुनु जरुरी छ । फेरी एकता एक्लै नहुने भएकाले अर्को पक्ष पनि तयार हुन जरुरी छ ।विगतमा दुई दल मिलेर नेकपा बनेको र भत्केको कारणको समीक्षा पनि आवश्यक छ । र यी सबैका लागि नेकपा एमालेका अध्यक्ष ओली सँगै वार्ता र संवाद गर्नु पर्छ । तर, दाहाल त्यो संवादको ढोका नै बन्द हुने गरी अहिले नेकपा एमाले पार्टी र त्यसका अध्यक्ष लगायतका नेताहरूलाई चिढ्याइरहनु राम्रो संकेत होईन ।
News Desk 0 response बिहिबार, असार २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


