

-
काठमाडौं : यातायात व्यवस्था विभागका १५ जनाविरुद्द मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्द काठमाडौं जिल्ला अदालतमा लिखित सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले उनीहरू विरूद्ध फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको भन्दै मुद्दा दायर गरेको हो ।
यसअघि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस विषयमा अनुसन्धान गरेको थियो । उनीहरुले झण्डै ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको खुलेको छ । यद्धपी प्रहरीले अहिलेसम्म मुद्दा दायर गरिएकोमध्ये ६ जनालाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीहरूमाथि अनुसन्धान गर्न पत्राचार गरिसकेको छ ।
मुद्दा दायर भएकामध्ये यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेल रहेका छन् ।
यसैगरी, यातायात व्यवस्था कार्यालय, कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध पनि मुद्दा गरिएको छ ।
अनुसन्धानका क्रममा आरोपीहरुले ढड्डामार्फत वितरण हुँदै आएको सवारी चालक अनुमतिपत्रको अभिलेख इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्दा अर्कै विवरण राख्ने र नक्कली लाइसेन्स वितरण गरेको पाइएको छ । यस कामका लागि सरकारी कर्मचारीहरूले पनि धेरै रकम असुल्ने गरेको खुलेको हो।
News Desk 0 response मङ्लबार, असार २६, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



