

-
काठमाडौं : सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले राससलाई जानकारी दिइन् । असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ ।
एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिइन् । उनका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ ।
शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने समिति सचिव मिश्रले बताइन् । नेपाली कांग्रेसको लामो विरोधपछि प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो ।
समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए(नभएकोलगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
News Desk 0 response बिहिबार, असार २१, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



