

-
मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र १६ जनाको गोली हानी हत्या गरिएको थियो, अरू तीन जना गाडीको बाहिर मृत फेला परेका थिए । मेक्सिकोको सार्वजनिक सुरक्षा मन्त्रालयले मारिने १९ जना सबै लागूऔषध गिरोहका सदस्य रहेको बताएको छ । घटना भएको क्षेत्र ग्वाटेमालाको सीमा नजिकै पर्छ ।
प्रारम्भिक अनुसन्धानले यो झडप मेक्सिकोको सबैभन्दा शक्तिशाली सिनालोआ कार्टेल र चिपास एन्ड ग्वाटेमाला कार्टेलको बीचमा भएको जनाएको छ । यी दुई वटा समूहले सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएका थिए । मेक्सिको सरकारले ग्वाटेमालासँगको देशको दक्षिणी सीमालाई सुदृढ पार्न थप १२ सय जना कर्मचारी तैनाथ गरेको छ । जहाँ दर्जनौँ तस्कर समूह सक्रिय रहेका छन् ।
मेक्सिकोमा सन् २००६ यता लागूऔषध तस्करसँग सम्बन्धित ४ लाख ५० हजार जनाको मृत्यु भैसकेको सरकारले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार १९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


