

-
काठमाडौं : अहिलेसम्म देशको रोपाइँ हुने क्षेत्रको झन्डै १० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । असार १२ गतेसम्ममा कुल क्षेत्रफलको ९ दशमलव ८ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
यो वर्ष १३ लाख ९८ हजार आठ सय ३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान रहेकोमा अहिलेसम्म १ लाख ३६ हजार ४ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । अघिल्लो वर्षको असार १० गतेसम्ममा ८ दशमलव ७५ प्रतिशत रोपाइँ भएको थियो । तथ्याङ्कअनुसार यस वर्ष पनि रोपाइँको दर नबढेको हो ।
यसैबीच सरकारले यस वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने भएको छ । यसअघि ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष चितवनको बछौलीमा विशेष कार्यक्रम गरी धान दिवस मनाउन लागेको कृषि मन्त्रालयका सह–सचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिए । धान बालीको ठूलो ‘ब्लक’ रहेको र मेशिनरी प्रयोग धेरै भएकोले चितवनमा मनाइने निर्णय गरिएको उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनेछन् । यस्तै नार्कले पनि आफ्नो परिसरमा धान दिवस मनाउँदैछ । यसैगरी राष्ट्रिय किसान आयोगले पनि काभ्रेमा कार्यक्रम गरी धान दिवस मनाउने भएको छ । धान खेती हुने जिल्लास्तरमै पनि विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।
सरकारले यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव असार १५ गते अर्थात् पर्सि शनिवार मनाउँदैछ ।
News Desk 0 response बिहिबार, असार १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


