

-
काठमाडौं : देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको मृत्यु भएको छ । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको हो ।
जेठ २८ गतेपछि एक सय ४७ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर १२ जना घाइते भएका छन् । पहिरोकै कारण २५ वटा घरमा पूर्ण क्षति भएको छ भने १० वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै बाढीमा परेर एक जना घाइते भएका छन् । दुई हप्तामा चट्याङका ६८ वटा घटना भएको तथ्याङ्क छ जसमा १३ जनाको ज्यान गएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् । यी घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।
विपद्का घटनाबाट ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायतका जिल्ला बढी प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार पछिल्लो तीन दिनमा मात्रै विपद्जन्य घटनामा १८ जनाको मृत्यु भएको हो । जसमध्ये चट्याङबाट नौ जनाको र बाढी पहिरोमा परेर नौ जनाको मृत्यु भएको भट्टराईले जानकारी दिए ।
News Desk 0 response बिहिबार, असार १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


