

-
दक्षिण कोरियामा रहेको एउटा ब्याट्री कारखानामा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अरू आठ जना घाइते भएका छन् । मृतकमध्ये १८ जना चिनियाँ नागरिक रहेका स्थानीय अग्नि नियन्त्रण निकायललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आगो लाग्दा कारखानामा झन्डै एक सय जना कामदार थिए । ह्वासङ शहरमा रहेको एरिसेल कम्पनीको कारखानामा आज बिहान आगो लागेको हो । आगो लागेसँगै केही विस्फोटसमेत भएको छ । विस्फोटको डरले अग्नि नियन्त्रकहरू भवनमा जान नसक्दा आगो निभाउन घण्टौँ लागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५ हजार वटा लिथिअम ब्याट्री थिए । एकपछि अर्को गरेर ब्याट्री पड्किन थालेपछि आगो चाँडै फैलिएको बीबीसीले जनाएको छ । पानीले लिथिअममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्निनियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आगो निभाएका हुन् ।
लिथिअम ब्याट्रीमा धेरै तातो हुँदा विस्फोट हुने सम्भावना हुन्छ । तत्कालका लागि आगो निभे पनि नदेखिने गरी हुने रासायनिक प्रतिक्रियाका कारण फेरि आगो फैलिने सम्भावना हुन्छ । लिथिअम ब्याट्रीको प्रयोग विद्युतीय गाडीदेखि ल्याप्टपसम्ममा हुन्छ । आगलागीको कारण थाहा भइनसकेको बीबीसीको खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, असार ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


