• काठमाडौं : युरो कप फुटबलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेलेका छन् । लाइपजिगमा आज बिहान भएको समूहको आफ्नो दोस्रो खेलमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेल्दै अङ्क बाँडेका हुन् । फ्रान्सका केलियन एमबाप्पेले चोटका कारण यो खेल खेलेनन्

    बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अङ्क भएको छ । गो लअन्तरका आधारमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ ।

    यही समूहको अर्को खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ गोलले हराएको छ । जितसँगै अस्ट्रिया तेस्रो र पोल्यान्ड पुछारमा छ ।

    यस्तै गए राति भएको समूह ‘ई’ को खेलमा युक्रेनले स्लोभाकियालाई २–१ गाेलले हरायो । स्लोभाकियाले खेलको १७ औँ मिनेटमा अग्रता लिएको थियो तर जोगाउन सकेन । युक्रेनले खेलको ५४ औँ र ८० औँ मिनेटमा गोल गर्‍याे ।

    याेसँगै समूह ‘ई’ मा ३ वटा टोलीको समान ३ अङ्क भएको छ । १ खेल खेलेको रोमानिया ३ अङ्कसहित शीर्ष र २ खेल खेलेका युक्रेन दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा छ ।